काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।
यो म्यानचेस्टर सिटीको यस सिजनमा १२औं जित हो । १९ खेलमा ४० अंक भएको म्यानचेस्टर सिटी यो जितपछि तेस्रो स्थानमा उक्लिएको छ । समान ४० अंक रहेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ । त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १५औं हार हो । २० खेलमा ९ अंक रहेको शेफिल्ड अंक तालिकामा पुछारमा रहेको छ ।
यस्तै गएराती नै सम्पन्न अर्को खेलमा नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नोट्टीङघमको जितमा निकोलस डोमिनगेज र् मोर्गन गिब्सले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए । यो जितपछि नोट्टीङघम फोरेस्टको २० खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो । २० खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा सातौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्