लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा खेलको चौथो मिनेटमा नै आर्सनलले गाब्रियल मागालहाएसको गोलमा अग्रता लिएको थियो । त्यसपछि खेलको २९औं मिनेटमा मोहमद सलाहको गोलमा लिभरपुलले बराबरी गरेको थियो ।
खेलमा त्यसपछि कुनै गोल हुनसकेन र खेल १-१ को बराबरीमा सकियो ।

- Advertisement -
Ad imageAd image

यो बराबरीपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको १८ खेलमा ४० अंक रहेको छ । त्यसैगरी लिभरपुलको १८ खेलमा ३९ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै १८ खेलमा ३९ अंकनै रहेको एस्टन भिल्ला गोल अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्