वेस्ट ह्याम युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल कारभाओ कपको सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – लिभरपुल लिग कप (कारभाओ कप) को सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै लिग कपको सेमिफाइनलमा पुगेको हो ।

लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरेका थिए भने डोमिनिक स्जोबोस्जलाई, कोडी गाक्पो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

- Advertisement -
Ad imageAd image

त्यसैगरी वेस्ट ह्यामका लागि एक गोल जारोड बोवेनले एक गोल गरेका थिए ।

योसँगै लिग कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । अब सेमिफाइनलमा लिभरपुलको सामना फुलह्यामसँग हुने छ भने चेल्सीको सामना मिल्ड्सब्रोफसँग हुने छ ।

लिग कपको सेमिफाइनल होम र अवेको आधारमा हुने छ । सेमिफाइनलको पहिलो लिग जनवरी १० र दोस्रो लिग फेब्रुअरी २४ मा हुने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्