काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा झड्का बेहोरिरहेको साविक विजेता बार्सिलोनाले गएरातिको खेलमा स्पस्ट ३ अंक बटुलेको छ । अल्मारिया विरुद्धको गएरातिको खेलमा ३–२ गोलको जित हात पार्दै बार्साले उपाधि यात्राको सम्भावना जिवितै राखेको हो ।
बार्साको जितमा ब्राजिलिन विंगर राफिनाले खेलको ३३औं मिनेटमा गोल गरेर खाता खोले । ४१औं मिनेटमा गोल फर्काएर अल्मारियाले बराबरी बनाएको थियो । बार्साका लागि कप्तान रोबर्टोले ६०औं मिनेटमा गोल गरेर अग्रता बढाए । तर फेरि अल्मारियाले ७१औं मिनेटमा इडगर गोन्जालेजको गोलबार खेल बराबरी बनायो ।
नियमित समय सकिन ७ मिनेट बाँकी छँदा बार्साका लागि रोबर्टोले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरेर जित दर्ता गराएका हुन् । जितसँगै बार्सिलोना १८ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छ । जिरोनाको १७ खेलबाट ४४ तथा रियलको ४२ अंक छ ।


प्रतिक्रिया दिनुहोस्