भ्यालेन्सियासँग १-१ गोलको बराबरीमा रोकियो बार्सिलोना, एथलेटिकोसँग एट्लेटिको म्याड्रिड पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना भ्यालेन्सियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागो जोआओ फेलिक्सले खेलको ५५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७०औं मिनेटमा भ्यालेन्सियाका हुगो गुइलामोनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

- Advertisement -
Ad imageAd image

यो बराबरीपछि बार्सिलोनाको १७ खेलमा ३५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भ्यालेन्सियाको भने १७ खेलमा २० अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा एथलेटिक क्लबले एट्लेटिको म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो । एथलेटिक क्लबको जितमा गोर्का गुरुजेटा र निको विलियम्सले एक एक गोल गरेका थिए ।

यो एथलेटिक क्लबको यस सिजनमा नवौं जित हो । यो जितपछि १७ खेलमा एथलेटिक क्लबको ३२ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी एट्लेटिको म्याड्रिडको भने यो यस सिजनमा चौथो हार हो । यो हारपछि एटलेटिको म्याड्रिडको १६ खेलमा ३४ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्