अन्तिम खेलमा पराजित भए पनि युरोपा लिगको नकआउट चरणमा लिभरपुल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – अन्तिम खेल अघिनै युरोपा लिगको नकआउटचरणमा प्रवेश गरेको लिभरपुल अन्तिम खेलमा भने युनियन सेन्ट-जिलोइससँग २-१ ले पराजित भएको छ। पराजित भएपनि लिभरपुल समूह ‘इ’को शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो। यसअघि लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले हराउँदै शीर्ष स्थान पक्का गरेको थियो।

आफ्ना महत्वपूर्ण खेलाडीहरू मोहम्मद सलाह, भर्गील भान डाइक, ट्रेन्ट अलेक्सेन्डर अर्नोल्ड र गोलरक्षक एलिसनलाई प्रशिक्ष क्लोपले आराम दिएका थिए। लिभरपपुलले युरोपिनय खेलमा आफनो सर्वाधिक युवा स्क्वाडलाई मैदान उतारेको थयो। युनियनविरुद्ध २२ वर्ष १ सय ५६ दिनको औषतका खेलाडीहरूलाई मैदान उतारेको थियो। जुन लिभरपुलको युरोपियन क्लब इतिहासकै सर्वाधिक युवा खेलाडी भएको स्क्वाड हो।

- Advertisement -
Ad imageAd image

लिभरपुलविरुद्ध अमौरा र पेउरेटासले पहिलो हाफमानै गोल गरे। जवाफमा क्वानसासले एक गोल फर्काएपनि दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन नसक्दा लिभरपुल पराजित भएको थियो।

त्यस्तै, रोमाले सेरिफ तिरसपोललाई ३-० ले पराजित गर्दै नकआउटको सम्भावना कायम राख्यो। उसले अब नकआउटका लागि प्लेअफमा स्थान बनायो। रोमेलु लुकाकुले १७ औं युरोपियन खेलमा २० गोल पूरा गर्दा रोमा कम्तिमा प्लेअफ पुग्न भने सफल भयो। उसका लागि थप गोल बेलोटी र पिसिलीले गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्