न्यूक्यासल युनाइटेडमाथि टोटनह्यामको फराकिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौ – ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक एक गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल जेलिंगटनले गरेका थिए ।

यो जितपछि टोटनह्यामको १६ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासलको भने यो यस सिजनमा छैटौं हार हो । १६ खेलमा २६ अंक रहेको न्यूक्यासल लिगमा सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array