साविक विजेता म्यानचेस्टर सिटीको चार खेल देखिको जितविहीन यात्राको अन्त्य गर्दा चेल्सी एभर्टनसँग स्तब्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चार खेल देखिको जितविहीन यात्राको अन्त गरेको छ। चेल्सीको भने जारी सिजनको खराब यात्रा सुध्रन सकेन। आइतबारनै भएको खेलमा चेल्सी एभर्टनसँग २-० ले पराजित भयो।

चेल्सीलाई हराउन एभर्टनका लागि एबडोउलेइ डोउकोर्स र सब्सटिच्युट लेविस डोविनले दोस्रो हाफमा गोल गरेका थिए। गोडिसन पार्कमा चेल्सीलाई हराएसँगै एभर्टनले २०२१ पछि लगातार तीन खेलमा जित हासिल गर्न सफल भयो।

आइतबार राति चार खेलपछि जित निकाल्ने क्रममा सिटीले लुटन टाउनलाई २-१ ले पराजित गर्‍यो। पहिलो हाफमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीले खेलमा जित हासिल गरेको हो।

जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अङ्क दुरी ४ अङ्कमा घटाएको छ। सिटीको १६ खेलबाट ३३ अङ्क भएको छ। सिटी चौथो स्थानमा रहेको छ। अघिल्ला खेलमा जस्तै सिटीले पहिलो हाफमा गोल खान पुगेको थियो। पहिलो हाफको इन्जुरी समयमा लुटनका लागि एलिज एडबायोले गोल गरेका थिए। लुटनले अग्रता लिएसँगै २०१९ पछि सिटीले लगातार खेलमा हार भोग्न सक्ने अनुमान गरिएपनि दोस्रो हाफमा सिटी खेलमा फर्किएको थियो।

बर्नान्डो सिल्भाले ६२ औं मिनेटमा घरेलु टोली विरुद्ध बराबरी गोल गरेको थियो। त्यसको तीन मिनेट पछिनै ज्याक ग्रिलिसले अर्जेन्टिनी स्टार जुलियन अल्भारेजको लो क्रसलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए। जितसँगै सिटीले तीन अङ्क सहित चौथो स्थानमा आफूलाई कायम राख्यो। पराजित लुटन भने पुछारबाट तेस्रो स्थानमा रहेको छ।

त्यस्तै आइतबारनै भएको खेलमा फुलह्यामले वेस्टह्यामलाई ५-० ले पराजित गर्‍यो। वेस्टह्यामलाई हराएसँगै फुलह्याम चेल्सीलाई पछि पार्दै अङ्क तालिकाको १० औं स्थानमा उक्लिंदा एभर्टनसँग हारेको चेल्सी भने १२ औं स्थानमा धकेलियो। १६ खेलबाट चेल्सीको १९ अङ्क छ भने फुलह्यामको २१ अङ्क रहेको छ। चेल्सीलाई हराएको एभर्टन भने १३ अङ्क सहित रेलिगेशन भन्दा एक स्थान माथि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array