बार्सिलोनालाई पराजित गर्दै गिरोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत गिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा गिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिक मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए ।

यो जितपछि गिरोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गिरोनाको १६ खेलमा ४१ अंक छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको छ ।

त्यस्तै बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array