एस्टन भिल्लासँग आर्सनल स्तब्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा खेलको सातौं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एस्टन भिल्ला यस सिजनमा जाइन्ट किलरको रुपमा अगाडी आएको छ । भिल्लाले टोटनह्याम र म्यानचेस्टर सिटीपछि आर्सनललाई पराजित गरेको छ ।

यो जितपछि एस्टन भिल्लाको १६ खेलमा ३५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । साथै यो हारपछि आर्सनलले शिर्ष स्थानमा रहने अवसर गुमाएको छ । यो यस सिजनमा आर्सनलको दोस्रो हार हो । १६ खेलमा ३६ अंक रहेको आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा एक अंकले पछाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array