जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखको लज्जास्पद हार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – जर्मनी बुण्डेसलिगा अन्तर्गत इन्ट्रान्च फ्र्यांकफर्टले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा फ्रयांकफर्टले बायर्न म्युनिखलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । फ्रयांकफर्टको जितमा एरिक जुनियर डिना एबिम्बेले २ गोल गरेका थिए भने ओमार मारमोउस, हुगो लार्सन र अन्सगर नाउफले एक एक गोल गरेका थिए ।

त्यसैगरी बायर्न म्युनिखका लागि एक गोल जोशुआ किमिचले गरेका थिए । फ्रयांकफर्टको यो जितपछि १४ खेलमा २१ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

त्यसैगरी बायर्न म्युनिखको भने यो यस सिजनमा पहिलो हार हो । १३ खेलमा ३२ अंक रहेको बायर्न यो खेलपछि लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको लिभरलुसेन बायर्न भन्दा ३ अंकले अगाडी छ ।

प्रतिक्रिया दिनुहोस्

Array