क्रिस्टल प्यालेसलाई हराँउदै लिभरपुल शीर्ष स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। लिभरपुलले एक खेल कम खेलेको आर्सनललाई १ अङ्कले पछि पारेको हो।

खेलमा अग्रता भने प्यालेसले लिएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा क्रिस्टल प्यालेसले ५७ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो। तर ७५ औं मिनेटमा प्यालेसका जोर्डन अवेले दोहोरो पंहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएको ९० सेकेन्डमानै लिभरपुलले खेल बराबरीमा ल्यायो।

मोहम्मद सलाहले लिभरपुलका लागि २ सयौं गोल पुरा गर्दै खेल बराबरीमा ल्याएका हुन्। लिभरपुलका लागि २०० गोल गर्ने सलाह पाँचौं खेलाडी हुन। यसअघि इयान रस, रोजर हन्ट, गोर्डेन हडसन र बिली लिडेलले २ सय गोल गरेका थिए।

लिभरपुलका लागि निर्णायक गोल भने हार्वे इलियटले गरेका थिए। इन्जुरी समयको पहिलो मिनेटमा उनले मोहम्मद सलाहकै पासलाई सदुपयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array