एलएएसके लाई ४-० ले पराजित गर्दै लिभरपुल युरोपा लिगको अन्तिम १६ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – लिभरपुल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनायो।

लिभरपुलको जितमा लुइस डियाज र कोडी गाक्पोले पहिलो हाफमा २ गोल गर्दा सलाहाले दोस्रो हाफमा पेनाल्टी मार्फत तेस्रो तथा इन्जुरी समयमा गाक्पोलेनै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरेका थिए।

- Advertisement -
Ad image

जितसँगै लिभरपुल समूह ‘इ’ मा ५ खेलबाट १२ अङ्कका साथ शीर्ष स्थानमा रहैदै समूह विजेता बन्यो। दोस्रो स्थानमा रहेको टउलोसको ८ अङ्क रहँदा युनियन सेन्ट जिलियसको ५ र लास्कको ३ अङ्क रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्