मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ३० गते आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी गरेका छन्। प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो। ‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने भएको छ।

यो सँगै मंसिर ७ गते सुरु भएको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को काठमाडौँकेन्द्रित कार्यक्रम सकिएको छ। अब विभिन्न जिल्लामा विकेन्द्रित गर्ने र ‘नागरिक सरकार’लाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ।

- Advertisement -
Ad image

समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले दिएको जानकारी अनुसार नागिरक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईं रहनेछन्। मन्त्रिमण्डलमा कोको रहने भन्नेबारे गृहकार्य भइरहेको कार्कीले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्