तीन वर्षपछि स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले तीन वर्षपछि च्याम्पियन्स लिग फुटबलको अन्तिम- १६ मा स्थान बनाएको छ। अन्तिम एक खेल बाँकी रहँदै नकआउट चरण प्रवेश गर्ने क्रममा बार्सिलोनाले मंगलबार राति भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-१ ले पराजित गरेको हो।

बार्सिलोनाको जितमा जोआवो क्यान्सेलो र जोआवो फेलिक्सले समान १-१ गोल गरे।

खेलमा अग्रता भने पोर्टोले अक्विनो कोसाको गोलमार्फत ३० औं मिनेटमा लिएको थियो। तर बार्सिलोनाका लागि क्यान्सेलोले दुई मिनेट पछिनै बराबरी गोल गर्दा टिमका लागि निर्णायक गोल भने फेलिक्सले ५७ औं मिनेटमा गरेका हुन्।

बार्सिलोना २०२०-२१ को सिजनपछि पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

समूह ‘एच’ मा बार्सिलोनाले ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्दा दोस्रो स्थानका लागि पोर्टो र शख्तर डोनेस्क ९-९ अंकका साथ प्रतिस्पर्धा गरीरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array