दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ। आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले जनाएका छन्।

‘ब्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने। उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ।

- Advertisement -
Ad imageAd image

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईंले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्