प्रसाईंको प्रदर्शनमा १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरका गोली प्रहार, ५ प्रहरीसहित २८ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा १ सय ५९ सेल अश्रुग्यास प्रहार भएको प्रहरीले बताएको छ।

बिहीबार दिउँसो काठमाडौँको बल्खुमा भएको प्रदर्शनका क्रममा भएको झडप नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो। काठमाडौं उयत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार वाटर क्याननबाट पानीको फोहोरा, १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरको गोली प्रहार गरिएको हो।

- Advertisement -
Ad image

प्रारम्भिक विवरण अुनसार प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको छ। प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएका थिए। तीमध्ये १७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।

त्यस्तै, प्रहरीतर्फ ५ जना घाइते भएका छन्। बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भीडलाई माइकिङ गरेर सम्झाउने क्रममा झन् उत्तेजित ढुंगा प्रहार गर्दा घाइते भएका ५ जनालाई नेपाल प्रहरी अस्पतालमा उपचार गराइराखिएको बताइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्