मोहम्मद सलाहको दुई गोलको मद्दतमा ब्रेन्टफोर्डविरुद्ध लिभरपुलको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मोहम्मद सलाहको दुई गोलको मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डविरुद्ध सहज जित हासिल गरेको छ। गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० ले हराएको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा डिएगो जोटाले एक गोल गरे।

खेलको ३९औं मिनेटमा सलाहको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा २ गोल थप्यो।

- Advertisement -
Ad image

खेलको ६२औं मिनेटमा सलाहले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। योसँगै चेल्सी र लिभरपुलबाट इंग्लिस फुटलबमा एजिप्टका सलाहले आफ्नो गोल संख्या २ सय पुर्‍याएका छन्। यो सिजनमा प्रिमियर लिगमा १० गोल गरेका थिए।

खेलको ७४औं मिनेटमा जोटाको गोलमा लिभरपुलले फराकिलो जित दिलाए। जितसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले १२ खेलबाट २७ अंक पुर्‍याएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्