रोबर्ट लेवान्डोस्कीको दुई गोलमा अलाभेसविरुद्ध बार्सिलोनाको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगमा संर्घष गरिरहेको अलाभेसलाई हराएको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । खेलको पहिलो मिनेटमै गोल खाएको बार्सिलोनाले खेलको ५३औं र ७८औं मिनेटमा गोल गर्दै खेलमा पुनरागमन जित हासिल गरको थियो ।

- Advertisement -
Ad imageAd image

त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए । यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो । यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्