म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलद्वारा बर्नली ३-१ ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ५९औं मिनेटमा भिक्टर लिनडेफलोफले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको सातौं जित हो । १२ खेलमा २१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगको छैटौं स्थानमा रहेको छ । त्यसैगरी लुटनटाउनको भने १२ खेलमा ६ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा आर्सनलले बर्नलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड, विलियम सलिबा र ओलेक्जान्द्र जिन्चेकोले एक एक गोल गरेका थिए ।

त्यसैगरी यस खेलमा आर्सनलका फाबुओ भएइराले रातो कार्ड पाएका थिए । त्यस्तै बर्नलीका लागि जोश ब्राउनहिलले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको यो हारपछि १२ खेलमा केवल ४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array