काठमाडौँ – इन्टर मिलानले अस्ट्रियन क्लब आरबी साल्जबर्गलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत समुह डी को खेलमा इन्टर मिलानले साल्जबर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मिलानको जितमा खेलको ८५औं मिनेटमा लाउतारो मार्टिनेजले गरेको पेनाल्टी गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
समुह डीमा रहेको इन्टर मिलानको यो तेस्रो जित हो । यो जितपछि इन्टर मिलानको ४ खेलमा १० अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । यो जितपछि इन्टर मिलानले राउण्ड १६ मा आफ्नो स्थान पक्का गरेको छ ।
त्यसैगरी आरबी साल्जबर्गको भने यो तेस्रो हार हो । ४ खेलमा ३ अंक रहेको साल्जबर्ग समुहमा तेस्रो स्थानमा रहेको छ ।
यस्तै बायर्न म्युनिखले टर्किस क्लब गालाटासारेलाई पराजित गरेको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह ए को खेलमा बायर्न म्युनिखले गालाटासारेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्युनिखको जितमा ह्यारी केनले दुवै गोल गरेका थिए । केनले खेलको ८० र ८६औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी कहल्को इन्जुरी समयको ९३औं मिनेटमा गालाटासारेका लागि सेडिक बकम्बुले गोल गरेका थिए । समुह ए मा रहेको बायर्न म्युनिखको यो लगातार चौथो जित हो । ४ खेलमा १२ अंक रहेको बायर्न समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै गालाटासारेको भने यो समुहमा दोस्रो हार हो । ४ खेलमा ४ अंक रहेको गालाटासारे समुहमा तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्