काठमाडौँ – ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल न्यूक्यासलसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा न्यूक्यासलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासलको जितमा एन्थोनी गोरडोनले खेलको ६४औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो न्यूक्यासलको यस सिजनको लिगमा छैटौं जित हो । यो जितपछि न्यूक्यासलको ११ खेलमा २० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
त्यसैगरी आर्सनलको भने यस सिजनमा यो पहिलो हार हो । यो हारपछि आर्सनलको ११ खेलमा २४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्