रियल सोसिडाडलाई १-० ले पराजित गर्दै बार्सिलोना ला लिगाको शिर्षस्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – रोनाल्ड अराउजोले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा शनिवार राती रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा अराउजोले गोलले मान्यता पाएपछि बार्सिलोनाले नाटकीय जितसहित तीन अंक जोड्यो ।

इल्के गुन्डोगानको क्रसमा हराउजोले सुरुमा हेड हानेको बमला सोसिडाडका गोलकिपर एलेक्स रेमिरोको खुट्टामा लागेर गोल भएको थियो । तर सुरुमा यसलाई रेफ्रीले अफसाइड भएका थिए पछि भिएआरले गोल दिएको हो । त्यसअघि बार्सिलोनाका लागि गोल गर्ने अवसर भए पनि गावीको प्रहार रेमिरोले बचाएका थिए ।

- Advertisement -
Ad imageAd image

खेलमा सोसिडाडले पनि गोल गर्ने अवसर पाएको थियो । तर ताकेफुसा कुबो र मार्टिन जुबिमेन्डीको प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्ड्रे टेर स्टेगनले बताएका थिए । यो जितपछि बार्सिलोना १२ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । तर क्याटलान छिमेकी गिरोनाभन्दा चार अंकले पछि छ ।

समान खेलबाट ३१ अंक जोडेर गिरोना शीर्ष स्थानमा छ । ११ खेलबाट २८ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ । यस सिजन लयमा रहेको गिरोनाले शनिबार चाँडो भएको खेलमा ओसासुनालाई ४-२ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो ।

दोस्रो स्थानको रियल मड्रिडले आज रायो भालेकानोसँग खेल्दैछ र उक्त खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्