सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना विरुद्ध रियलको सानदार पुनरागमन जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौ – स्पेनिस लालिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले सानदार पुनरागमन जित हासिल गरेको छ। रियलको जितमा युवा मिडफिल्डर जुड बेलिङ्घम नायक सावित हुँदै टिमका लागि दुबै गोल गरे। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले २-१ को जित हासिल गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियो।

बार्सिलोनाले खेलको सातौं मिनेटमानै इल्काए गुन्डोगानको गोल मार्फत खेलमा अग्रता बनाएको थियो। १६औं मिनेटमा फर्मिन लोपेजको प्रहार पोस्टमा लागेर बाहिरिँदा बार्सिलोनाले अग्रता दोब्बर बनाउने अवसरबाट बञ्चित भयो। २२औं मिनेटमा रियलका एन्टोनी रुडिगरको बक्स बाहिर बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन।

- Advertisement -
Ad imageAd image

दोस्रो हाफमा खेलमा फर्किएको रियलका लागि आफ्नो करिअरको पहिलो क्लासिको खेलिरहेका बेलिङ्घमले दुइ गोल गर्दै टिमलाई महत्वपूर्ण तीन अङ्क निश्चित गरे। खेलको ५१औं मिनेटमा बार्सिलोनाका इनिगो मार्टिनेजको हेड पोस्टमा लागेर फर्किदा बार्सिलोना दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनाउने अवसरबाट पुन बञ्चित भयो।

खेलमा रियलले ६८औं मिनेटमा बेलिङ्घमको गोलमार्फत खेललाई बराबरीमा ल्यायो। करिब ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। इन्जुरी समयको दोस्रो मिनेटमा ड्यानी कार्भाहालको क्रस लुका मोड्रीचलाई लागेर बेलिङ्घमको खुट्टामा पुग्दा उनले सहज गोल गर्दा रियल महत्वपूर्ण अग्रता बनाउन सफल भयो।

जितसँगै रियल ११ खेलबाट २८ अंक बनाउन सफल भएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ। पराजित बार्सिलोनाको २४ अंक रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्