युरोपेली च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणमा अर्को जित हात पारेको छ। यो सँगै सिटीको यो लगातार तेस्रो जित हो। गएराति भएको खेलमा योङ ब्वाइजलाई ३–१ ले पराजित गर्दै सिटीले तेस्रो जित हात पारेको हो।

सिटी सूमह ‘जी’ मा छ। सिटीको जितमा एर्लिंग हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरे। रुबेन डियासको हेडर पोस्टमा लागेर फर्किएपछि आकान्जीले बललाई जालिको दिशा देखाउँदै खेलमा सिटीलाई अग्रता दिलाएका थिए ।

- Advertisement -
Ad imageAd image

त्यसको चार मिनेट पछि योङ्ग ब्वाइजले खेलमा बराबरी गोल ग¥यो। मेससाक एलियाले सुन्दर फिनिश गर्दै खेलमा बराबरी गरेका थिए। त्यसपछि सिटीले दुई गोल थप्दै खेलमा तीन अंक हासिल ग¥यो।

६७औं मिनेटमा हालान्डले पेनाल्टी मार्फत खेलमा सिटीलाई पुनः अग्रता दिलाए भने ८६औं मिनेटमा हालान्डले अर्को गोल गर्दै जित सुनिश्चित गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्