ओसासुनामाथि रियल मड्रिडको फराकिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – जुड बेलिङघमको दुई गोल मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले ओसासुनामाथि ४–० को फराकिलो जित निकालेको हो।

२० वर्षीय बेलिङघमले रियल मड्रिड करियरको सानदार सुरुआत जारी राखेका छन्। बेलिङघमले सबै प्रतियोगितामा आफ्नो पहिलो १० खेलमा १० गोल गरेका छन्। खेलको नवौं मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप ३ गोल गर्‍याे।

- Advertisement -
Ad imageAd image

खेलको ५४ औं मिनेटमा बेलिङघम कै गोलमा रियलले अग्रता दोब्बर पार्‍याे। ६५ औं मिनेटमा भिनिसियस जुनियर र ७० औं मिनेटमा जोसेलुले गोल गर्दै अग्रता फराकिलो पारे। खेलको ८४ औं मिनेटमा जोलेसु पेनाल्टीमा चुक्दा अग्रत फराकिले पार्ने मौका गुमायो। जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ।

गएराति नै भएको अन्य खेलमा जिरोनाले काडिजलाई १–० ले हराएको छ। जितसँगै जिरोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिदा बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ। मल्लोर्का र भ्यालेसियाले १–१ तथा सेभिल्ला र रायो भाल्लेकानोले २–२ को बराबरी गर्दै अंक बाँडे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्