वर्नलीविरुद्ध चेल्सीको सानदार जित, फुलहामद्वारा सेफिल्ड युनाइटेड ३-१ गोल अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौ – प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले वर्नलीविरुद्ध सानदार जित हासिल गरेको छ। वर्नलीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले वर्नलीलाई ४–१ अन्तरले हराएको हो।

चेल्सीको जितसँगै प्रशिक्षक माउरिसियो पोचेटिनोले रहिम स्टर्लिङलाई इंगल्यान्डको टोलीबाहिर राख्नु गलत भएको साबित गरिदिएका छन्। किनकि चेल्सीले गरेको चारै गोलमा स्टर्लिङको भूमिका थियो। इंल्यान्डका लागि ८२ क्याप खेलेका अनुभवी खेलाडी स्टर्लिङ पछिल्लोपटक गत वर्षको विश्वकपमा देशका लागि खेलेका थिए।

- Advertisement -
Ad image

अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेल र इटालीविरुद्धको युरो २०२४ को छनोट खेलमा उनी लगातार चौथोपटक टोली बाहिर छन्। पहिलो हाफको १५औं मिनेटमा १–० ले पछि परेको चेल्सीले खेलमा सानदार पुनरागमन गरेको हो। १८ वर्षिय फ्रान्सेली फरवार्ड विल्सन ओडोबर्टको गोलमा चेल्सी सुरुआतमा नै पछि परेको थियो।

पहिलो हाफकै ४२औं मिनेटमा उपहार गोलमा चेल्सी खेलमा फर्किएको थियो। स्टर्लिङको क्रस डिफेन्डर अमिन अल दाखिलको घुँडामा लाग्दै आत्मघाती गोल गर्न पुगे। पहिलो हाफमा उपहार गोलमा बराबरी गरेको चेल्सीले दोस्रो हाफमा भने लय समातेको थियो।

चारपटकको प्रिमियर लिग विजेता ब्राजिलका डिफेन्डर भिटिन्होले फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। जसमा कोल पाल्मर चुकेनन् र खेलको ५०औं मिनेटमा चेल्सीले अग्रता बनाउन सफल भयो।

६५औं मिनेटमा स्टर्लिङको गोलमा चेल्सीले खेलमा ३–१ को अग्रता बनायो। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका निकोलस ज्याक्सनले खेलको ७४ औं मिनेटमा गोल गर्दै सिटीलाई फराकिलो जित निकाल्न मद्दत गरे।

सोमबार फुलहमलाई जितेको चेल्सीले अक्टोबर २२ पछि प्रिमियर लिगमा ब्याक टु ब्याक अवे जित हासिल गरेको यो पहिलोपटक हो।

गएराति नै भएको खेलमा फुलहामले सेफिल्ड युनाइटेडलाई ३–१ ले हराएको छ। एभर्टनले वर्नमाउथलाई ३–० ले हराउँदा क्रिस्टल प्यालेस र नटिंघम फरेस्टले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्