काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सिमित चेल्सी एष्टोन भिल्लासँग पराजित भएको छ।
आइतबार राति घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी एस्टोन भिल्लासँग १–० गोल अन्तरले पारजित भएको हो।
भिल्लाका लागि ओली वाटकिन्सले खेलको ७३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ चेल्सीका लागि खराब बन्न पुग्यो।
खेलको ५८औं मिनेटमा डिफेन्डर माली गुस्टो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित बनेको थियो।
यो सिजन ६ मध्य एक खेलमा मात्र जित निकालेको चेल्सी १४ औं स्थानमा। समान खेलबाट १२ अंक बनाएको एस्टोन भिल्ला छैटौं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको छ। लिभरपुलको जितमा समान एक गोल गरे। वेस्ट ह्यामका लागि जरोड बोवेनले एक सान्त्वना गोल फर्काए।
गएराति नै न्युक्यासलले शेफिल्ड युनाइटेडलाई ८–० को फराकिलो अन्तरले पाखा लगाएको छ। आर्सनल र टोटेनहमले २–२ गोलको बराबरीमा गर्दै अंक बाँडे।
प्रतिक्रिया दिनुहोस्