काठमाण्डौ – स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा रियललाई पराजित गर्दै एटलेटिको मड्रिडले जित हासिल गरेको छ। आइतबार राति एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफमा २–१ ले अग्रता बनाएको एथलेटिकोले दोस्रो हाफमा १ गोल थप्यो। एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोवान ग्रिजम्यानले एक गोल गरे। रियलका लागि टोनी क्रुसले एक गोल फर्काए।
खेलको चौथो मिनेटमा नै एटलेटिकोका मोराटाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफ कै १८ औं मिनेटमा एन्टोवान ग्रिजम्यानले गोल गर्दै एथलेटिकोको अग्रता दोब्बर पारे। तर खेलको ३५औं मिनेटमा रियलका टोनी क्रुसले गोल गर्दै रियललाई खेललाई फर्काउने संकेत गरेका थिए।
खेलको ४६ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै एथलेटिकोलाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा एथलेटिकोले घरेलु मैदानमा नै सानदार जित निकाल्यो।
जितसँगै पाँच खेलमा १० अंक बनाएको एटलेटिका अंक तालिकाको पाँचौं स्थानमा छ। एक खेल बढी खेलेको रियल भने १५ अंकमा तेस्रो स्थानमा छ। गएराति नै भएको खेलमा रियल सोसिडाडले गेटाफेलाई ४–३ गोल अन्तरले पराजित गरेको छ। लस पालमासले ग्रानाडालाई १–० ले हरायो।
रायो भालेकानो र भिल्लारियल तथा रियल बेटीस र काडिजले १–१ को बराबरी गर्दै अंक बाँडे।
प्रतिक्रिया दिनुहोस्