सेवाग्राहीलाई सहज तवरबाट सेवा दिन रंगेली नापी र मालपोत प्रमुखको समन्वयमा मालपोत स्थान्तरण हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको ग्रिन सिंग्नल

 

काठमाण्डौ – मोरङको पुरानो सदरमुकाम एवं ऐतिहासिक रंगेली नगरपालिकाका स्थानीय नागरिकलाई नापी तथा मालपोत सम्बन्धि सहज तवरबाट सेवा उपलब्ध गराउन नापी कार्यालय रंगेली र मालपोत कार्यालय रंगेलीका प्रमुखको समन्वयमा मालपोत कार्यालय स्थान्तरणको काम अगाडि बढेको छ ।

मालपोत कार्यालयको आफ्नै भवन नभएको तथा नापी कार्यालय आफ्नै भवनमा सरेको अवस्थामा नापी र मालपोत कार्यालयको दुरी पनि टाढा रहेकोले सेवा लिन सेवाग्राहीहरूलाई कठिनाई भैरहेको गुनासो आएपछि दुबै कार्यालयका प्रमुखहरूले मालपोत कार्यालयलाई पनि नापी कार्यालयकै भवनमा स्थान्तरण गरेर सेवा दिने प्रयास थालेका हुन् ।

यस विषयमा नापी तथा मालपोत कार्यालयको तालुकदार मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रञ्जिता श्रेष्ठको पनि ग्रिन सिंग्नल रहेको बुझिएको छ । मन्त्री श्रेष्ठ निकट स्रोतका अनुसार नापी तथा मालपोत कार्यालयलाई एकीकृत ठाउँबाट सेवा दिन सकिनेसम्म सेवाग्राहीको सुविधालाई ध्यान दिन भनेपछि यो प्रक्रियाले सार्थकता पाउनेमा स्थानीय आशावादी रहेको बताइन्छ ।

नापी कार्यालय रंगेली रहेको नापी कार्यालयको नवनिर्मित भवनको एक तल्ला मालपोत कार्यालय रंगेलीको नयाँ भवन नबन्दासम्म कार्यालय प्रयोजनार्थ उपलब्ध गराउन नापी कार्यालय तयार भएसँगै मालपोत र नापी कार्यालयको सेवा रंगेलीका स्थानीयहरूले एकै ठाउँबाट पाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array