व्यक्तिको जग्गामा पसेर वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले रेजिना अधिकारीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको हो ।

- Advertisement -
Ad image

आफूले भोगचलन गरिरहेको जग्गा कब्जा गरी गत शनिबार मेयर साम्पाङको टोलीले वृक्षारोपण गरेपछि अधिकारी उच्च अदालत गएकी थिइन् । उनले दिएको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश राईको इजलासले यसमा के कसो भएको हो, निवेदकको मागबमोजिम आदेश किन जारी नहुनु पर्ने हो बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा हाजिर हुन धरानका मेयर हर्क साम्पाङलाई आदेश दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्