उपनिर्वाचन: बारा –२ मा उपेन्द्र यादव अगाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । ६ हजार ७७४ मत गन्दा उनले दुईहजार ६०० मत पाएका छन् । जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले उनलाई पछ्याइरहेका छन् । उनले दुईहजार ६७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५४३ रहेको छ ।

नेकपा (एमाले्र) का उमेदवार पुरुषोत्तम पौडेलले ८६१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार रमेश खरेलले ३०३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array