आजको मौसम: पाच प्रदेशमा वर्षा भैरहेको छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ मौसम पूवानुमान महाशाखाले जनाएको छ ।
दिउँसोː देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।
रातीː लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array