आजको मौसम: पहाडी भू–भागमा क्षणिक वर्षा, तराईमा हावा–हुरीको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८०, शनिबार
1 Min Read
Aa
mahusam

काठमाडौं–
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसोː कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। अपरान्ह पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array