माइखोला हाइड्रोपावरको आइपीओ आजबाट खुल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– माइखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा करिब १२ लाख ७० हजार कित्ता साधारण सेयर (आइपीओ)्रखुलाएको छ।
कम्पनीको उक्त सेयरमा अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने बताइएको छ। सेयरको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ ।
कम्पनीले आयोजना प्रभावित, वैदेशिक रोजगारीमा गएका नेपाली तथा सामीहिक लगानी कोष र कर्मचारीहरुलाई सेयर जारी गरिसकेको छ। हाइड्रोपावरको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार छ। यसको ४९ प्रतिशत सेयर जारी भएको कम्पनीले जनाएको छ।
उक्त सेयरमध्ये कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ९२ लाख बराबरको ३ लाख ९२ हजार १५७ कित्ता प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दामा निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ।

बाँकी ३९ प्रतिशत साधारण सेयरमध्ये सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याएको छ ।

उक्त सेयर खरिदका लागि सर्वसाधरणले छिटोमा वैशाख १२ गतेसम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म सर्वसाधारणबाट पर्याप्त आवेदन नपरे कम्पनीले सेयर निष्कासन मिति वैशाख २४ गतेसम्म लम्ब्याउने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: