सेयर बजार घट्नेक्रम रोकिएन , कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौ– नेपाल स्टक एक्सजेचन्स नेप्से परिसूचक मंगलबार पनि घटेको छ । आज नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा झर्न सफल भएको छ । पछिल्लो चार कारोबार दिनयता नेप्से परिसूचक ५९.५५ अंकले घटिसकेको छ । परिसूचकसँगै कारोबार रकम पनि निकै घटेको छ । दिनभरको कारोबारमा जम्मा ८७ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको हो । जुन पछिल्लो ९ कारोबार दिनयताकै न्यून रहेको छ ।
कारोबारका आधारमा आज प्रभु बैंकको संस्थापक सेयर अग्रस्थाना छ । प्रभु बैंकको ५ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट र नेष्डो समृद्ध लघुवित्तको पनि ३ करोड बढीको सेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल एण्ड टुरिजम उपसमूहमा लगानीकर्ता झुम्मिएका छन्। आज यो उपसमूह १।१७ प्रतिशतले बढेको छ।
कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा सूचीकृत भएलगत्तै बढ्न सुरु गरेको यसको सेयर मूल्य प्रति कित्ता १० प्रतिशतका दरले बढेको हो।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: