आजको मौसम : तराईका केहि स्थानमा हावाहुरी, उपत्यकामा तुवाँलो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं– आज देशका स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेने छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।
देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस्

Array