नेप्सेमा सामान्य गिरावट, होटलमा लगानीकर्ताको आकर्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं– नेपाल स्टक एक्सचेन्स नेप्से सामान्य अङ्कले गिरावट आएको छ । होटल क्षेत्रमा भने लगानी कर्ताको आकर्षण बढेको छ । सोल्टी होटलको सेयर लगानीकर्ताको आकर्षणमा परेको छ । सर्वाधिक कारोबार भएको सोल्टीको सेयर आइतबार ५.३३ प्रतिशत उक्लिँदा १३.१० रुपैयाँ बढेर प्रतिकित्ता २५९ रुपैयाँमा उक्लिएको छ । सोल्टी मात्रै नभएर समग्र होटल क्षेत्रकै सेयर फराकिलो दरमा बढेको छ। उपसूचक प्रतिशतले ४.६५ प्रतिशतले बढेको छ । होटल तथा पर्यटनका अधिकांश सेयरहरुमा आइतबार खरिदकर्ताको चाप रह्यो। तारागाँउ रिजेन्सीको सेयर झन्डै साढे ७ प्रतिशत बढ्यो।
तेस्रो त्रैमासमा होटल तथा पर्यटन व्यवसायी कम्पनीहरुको वित्तीय विवरण निकै सन्तोषजनक आउने अनुमान लगाउन सकिन्छ। पुनरागमन भएको पर्यटन व्यवसायले गर्दा कम्पनीहरुले गत वर्षको भन्दा ज्यादै राम्रो नाफा आर्जन गरेका छन्। कतिपयले पोहोरदेखि नै प्रतिफल बाँड्न सुरु गरिसेका थिए।

यसै दौरान बाँकी आर्थिक क्रियाकलापमा भने वृद्धिको अपेक्षा गरिएको छैन। महंगी र ब्याजदरले गर्दा उत्पादन तथा प्रशोधनको व्यवसायमा पनि असर पर्ने अनुमान विश्लेषकहरुको छ। अघिल्लो त्रैमासमा पनि उनीहरुको व्यवसाय घटेको थियो।

अर्कोपट्टि बैंक वित्तीय संस्थामा कर्जा असुली चिन्ताजनक अवस्थामा छ। उनीहरुविरुद्ध संगठित रूपमा विरोध भइरहेको अवस्था छ। जसले बैंक वित्तीय संस्थाहरुको खराब कर्जा केही बढ्ने विश्लेषकहरुको अनुमान हो। गभर्नर आफैंले पनि खराब कर्जाको दर माथि जाने बताएका थिए।

अन्य व्यवसाय प्रभावित भएको अवस्थामा लगानीकर्ताले होटल र पर्यटन क्षेत्रमा अवसर देखेका हुन्। होटलका सेयरमा सुरक्षित लगानीको विकल्प खोज्नेहरुको बाक्लो भीड रहेको बजार गतिविधिले पनि देखाउँछ। पोहोर सूचक आफैं करिब १९ प्रतिशत घट्दा पनि मूल्य बढ्ने एकमात्र क्षेत्र होटल र पर्यटन थियो। यो उपसूचक ७ प्रतिशतभन्दा बढी बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: