प्रधानमन्त्री र अर्थमन्त्रीको प्रतिक्रियाले नेप्सेमा हरियाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– मंगलबार सेयर बजारमा लगानीकर्तामा केहि आसा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउने चर्चा गरेपछि सेयर बजारमा आज हरियाली छाएको छ । राष्ट्र बैंकका अनुसार फागुनमा १ खर्ब ४ अर्ब रेमिट्यान्स बढेको छ । बाह्य क्षेत्र सुधारात्मक देखिएको छ भने शोधनान्तर बचत पनि बढेको छ। आर्थिक सूचकहरु सकारात्मक बन्दै गर्दा सेयर बजारप्रति लगानीकर्ता आशावादी देखिन थालेका हुन् ।
आज करिब १ बजेसम्म सामान्य देखिएको बजार २ घण्टा अर्थात १ बजेदेखि ३ बजेसम्म निरन्तर बढ्यो । नेप्से २७.३१ अंकले बढेर १८७१ विन्दुमाथि आइपुगेको छ। यस्तै सेन्सेटिभ पनि ५.७९ अंकले बढेको हो।
आज बजार त्यति धेरै अंक माथि आएपनि कारोबारमा भने त्यति उत्साह देखिँदैन । मंगलबार दिनभर ९४ करोड ५२ लाख बराबरको कारोबार भएको हो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबैजसो उपसमुह बढेका छन्। आज उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक अर्थात ३ प्रतिशतसम्म बढेको हो। यस्तै, विकास बैंक र फाइनान्स २ प्रतिशत माथि, वाणिज्य बैंक, होटल तथा टुरिजम र हाइड्रोपावर १ प्रतिशतभन्दा बढीले बढेका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: