सिटी होटेलले आईपीओ जारी गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही चैत २१ देखि आउँदो वैशाख ५ गतेसम्म आईपीओ निष्कासन गर्न लागेको हो ।

यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म आईपीओमा आवेदन खुला गर्नेछ । सर्वसाधारणका लागि खुला गरिएको अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन समय जेठ ८ गतेसम्म लम्ब्याइने जनाइएको छ ।

- Advertisement -
Ad image
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा दुई हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये एक लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्ट्याइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: