आजको मौसम: चार प्रदेशमा बिहानैदेखि वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम आइतबारसम्मै जारी रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array