आजको मौसम: तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको हो ।

देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array