आजको मौसम: एक-दुई स्थानमा हल्का हिमपात, बाँकीमा आंशिक बदली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसोː प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array