साना व्यवसायीलाई सहुलियत, शेयर बजारलाई स्थिर अवस्थामा राख्ने राष्ट्र बैंकको नीति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ भने शेयर बजारलाई स्तिर अवस्थामा नै राख्ने नीति लिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ ।
समीक्षाले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा(ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।
समीक्षामा ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधासम्वन्धी व्यवस्थालाई यथावत राखिएको छ । नेपाल राष्ट्र बैंकले डेढ प्रतिशत बिन्दुले घटाएको ओभर नाइट तरलता सुविधाले बैंकहरुको लागत घटेर ऋण सस्तो हुने जनाएको छ।
सेयर बजारलाई किन सहजीकरण नगरेको भनेर सोधिएको प्रश्नमा उनले समष्टीगत आर्थिक अवस्था हेरेर राष्ट्र बैंकले निर्णय गर्ने भएको हुँदा अहिले सम्पति बजार सम्बन्धि पुरानो नीतिलाई निरन्तरता दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

Array