मोलुङ हाइड्रोले फागुन ४ देखि आईपीओ बिक्री खुलाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – मोलुङ हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा गएकाहरूका लागि आईपीओ बिक्री गरिसकेको छ ।

हाइड्रोपावरले साधारण सेयरका लागि जारी पुँजीको ३४ प्रतिशत सेयर छुट्टाएको छ । यसअनुसार स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरूका लागि र सर्वसाधारणका लागि गरी कुल २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो ।

जसमध्ये २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुटाइएको थियो । यस्तै, ५४ हजार ७५० कित्ता सेयर स्थानीयका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुटाइएको छ ।

सार्वजनिक बिक्रीका लागि छुट्याइएको मध्येबाट बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा फागुन १० गतेसम्ममा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array