प्रभु बैंकका सिइओ सहितका अधिकारीहरुमाथि सीआईबीको अनुसन्धान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं–
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित केही अधिकारीहरुमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको छ । सीईओ शेरचनले आफन्तका नाममा रहेको जानकी मेडिकल कलेजलाई २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको, चिरायु अस्पताललाई प्रवाह भएको कर्जा, अन्य केही कृत्रिम ऋणी खडा गरी बैंकबाट करोडौं ऋण दिएको र घाटामा रहेका केही संस्थालाई ऋणमाथि ऋण थुपारेको लगायतका विषयमा अनुसन्धान थालिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार गत माघ १२ गते ती ऋणीसँग सम्बन्धी सम्पूर्ण कागजात पेस गर्न भन्दै सीआईबीले पत्र काटेको थियो । सोही दिन शेरचनलाई बैंक सञ्चालक समितिले तेस्रो कार्यकालका लागि सीईओमा पुन नियुक्ति गरेको थियो । सीईओ शेरचनले केही लफडायुक्त कर्जाका फाइलहरु मिलाउनू पर्ने भन्दै ४ वर्षकै लागि सीईओ नियुक्ति गरे पनि ती फाइलहरु सेटल गरेपछि बैंक छाड्ने बताउँदै सीईओमा निरन्तरता दिन आग्रह गरेको समेत बताइएको छ ।
बैंकका ठूला लगानीकर्तासमेत रहेका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि शेरचनले आफूले सबै मिलाइसकेको भन्दै गुमराहमा राखेको बताएका थिए ।
प्रभु बैंकले गत मंगलबार सीआईबीले मागेका कर्जाका फाइलहरुसहित जवाफ पठाएको छ ।
‘बैंकले गत मंगलबार नै जवाफ पठाइसकेको छ । राष्ट्र बैंकले कर्जा अपचलन भएको निष्कर्ष निकाल्दै २०७२ सालमै वर्षअघि सीआईबीलाई थप अनुसन्धान गर्न लिखित सिफारिस गरेको थियो । त्यसयता पनि शेरचनले जानकी मेडिकल कलेजलाई अर्को कम्पनी खडा गरेर ऋण थप्दै आएका छन् ।
सीईओ शेरचनले शक्तिकेन्द्रको प्रयोग गरी यसअघि आफूमाथिको अनुसन्धान रोक्न सफल भएका थिए । ‘प्रारम्भिक अनुसन्धान अनुसार घटना संभीर प्रकृतिको छ,’ सीआईबी स्रोतले भन्यो, ‘यसअघि किन अनुसन्धान भएन त्यो थाहा भएन । तर, अब भने अनुसन्धान हुन्छ, दोषी उम्कदैनन्, निर्दोष फस्दैनन् ।’

सीईओ शेरचनले आफन्त सेयरधनी भएको कम्पनीमा ऋण दिएर आफैंले लाभ लिनएको हुनसक्ने सीआईबीको प्रारम्भिक अनुसन्धानले देखिएको छ । राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखदेखि सञ्चालकहरुले आफन्तका नाममा सञ्चालित संस्थालाई ऋण प्रवाह गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

Array