हैदरावाद विरुद्ध बैंगलुरुको उत्कृष्ट जित: आज कोलकाता र पञ्जाबको भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – भारतिय स्टार क्रिकेटर विराट कोहली स्टारर रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग आइपीएलको बिहीवार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ । २०७ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रनमा सिमित बनेपछि बैंगलुरु सिजनको दोस्रो जित निकाल्न सफल बन्यो ।

हैदरावादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्रविस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७-७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए ।

बैंगलुरुका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बैंगलुरुका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ र क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए ।

हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १/१ विकेट लिए ।

बैंगलुरु ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ । हैदरावाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ १४ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता ७ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।

आइपीएलमा आज यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र खराब प्रदर्शनलाई निरन्तरता दिएको पञ्जाब किंग्स भिड्दैछन । कोलकाताको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Array