आजको मौसम: पहाडी भू–भागहरूमा आंशिक बदली अन्यमा सामान्यतया सफा रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा देखिने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ । देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेको छ

दिउँसोː प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं। १, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array