नेप्से निरन्तर घट्दो क्रममा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
केही दिनयता बजार निरन्तर घट्न थालेपछि नाफा बुक गरेर बाहिरिने लगानीकर्ताहरु सक्रिय हुन थालेका छन् । मंगलबार पनि सेयर बजार दोहोरो अंकले घट्न थालेपछि लगानीकर्ताहरु बाहिरिएका हुन् । पछिल्लो चार कारोबार दिन यता नेप्से ७१.९९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ पनि २.३८ अंकले घटेको छ।
सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेपछि कारोबार भने हवात्तै घटेको छ । मंगलबार २ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ । यो कारोबार पछिल्लो २१ कारोबार दिन यताकै सर्वाधिक कम हो। सोमबार बजार ४१ अंकले घटेपनि बिक्रेता बढ्दा ३ अर्ब ३० करोडमाथिको सेयर किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: