काठमाडौं– २०७९ माघ १८ गते बुधबार
हाल मौसमको अवस्था
अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसोː देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आजको मौसम: केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रतिक्रिया दिनुहोस्